Like us!
Follow us!
Connect us!
Watch us!

विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, ११ : ०९ मा प्रकाशित

विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने

बालेन नेतृत्वको सरकारमा डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री बन्ने भएका छन् । उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन् । अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् । 

एक दशकअघि रेडियो सगरमाथाको कार्यक्रम उत्पादक तथा प्रस्तोता थिए । अध्ययनका लागि अष्ट्रेलिया गएपछि उनले त्यहीँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ को कार्यकारी सम्पादक र सिड्नीबाट सञ्चालित साउथ एसिया डटकम डट एयूको सम्पादकीय सल्लाहकार थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको