नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्री सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई सहभागी भएका हुन् ।
शपथको समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् । त्यस्तै नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा पनि सहभागी भएका छैनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस