Like us!
Follow us!
Connect us!
Watch us!

नवनियुक्त प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, १५ : ०३ मा प्रकाशित

नवनियुक्त प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाइ

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले बधाइ व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘श्री बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई ।’

मोदीले नेपाल भारत दुई देशको आपसरी मित्रता र सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउन आफुले सहयोगी भूमिका खेल्ने बताए । ‘तपाईंको यो नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ । हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहयोगलाई अझ नयाँ उचाइमा पुर्‍याउन म तपाईंसँग निकट रहेर काम गर्न उत्सुक छु,’ उनले लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको