Like us!
Follow us!
Connect us!
Watch us!

‘कानुन सुधारका काम अब तीव्र गतिमा अघि बढ्छन्’ - मन्त्री गौतम

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, १५ : २२ मा प्रकाशित

‘कानुन सुधारका काम अब तीव्र गतिमा अघि बढ्छन्’ - मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पदबहाली गरेकी हुन् ।

पदबहाली पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि लैजाने बताइन् । उनले कानुन निर्माणमा आफ्नो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा सुधारको बाटोमा लैजाने छौं । कानुन निर्माणमा मेरो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर छ । आज के काम गर्दैछौं भन्दा छलफल गर्न बाँकी नै छ । खाका तयार गरेर मात्रै यो कामहरु अगाडि बढ्ने छन् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको