Like us!
Follow us!
Connect us!
Watch us!

एकद्वार प्रणालीबाट काम गर्ने गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, १५ : ३४ मा प्रकाशित

एकद्वार प्रणालीबाट काम गर्ने गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् । सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दुःख दिने काम गर्न नहुने बताए । 

‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भने । सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको