Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली समाजले पाकिस्तानी र बंगलादेशी मोडल रुचाउँदैन - गोकुल बास्कोटा

अर्थ संसार

शनिबार, १४ चैत्र २०८२, १० : ३५ मा प्रकाशित

नेपाली समाजले पाकिस्तानी र बंगलादेशी मोडल रुचाउँदैन - गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २४ घण्टा नबित्दै विकसित राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमा लेख्दै उनले नेपाली समाज प्रतिशोधको राजनीति नरुचाउने बताएका छन् । उनले पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले नरुचाउने जिकिर गरेका हुन् ।

उनले लेखेका छन्, ‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौँ होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन ।पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुँदै होइन । जसलाई जे सुकै लागोस् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको