नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सकिएको हो ।
उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलको माग गरेको थियो । त्यसपछि बहस सुरु भएको थियो । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।
आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस