Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी र साञ्जेनको आइपिओ भर्ने आज अन्तिम दिन, मंगलबारसम्म कति पर्यो आवेदन ? ( सूचीसहित)

बुधबार, ३० फागुन २०७४, ११ : १३ मा प्रकाशित

रसुवागढी र साञ्जेनको आइपिओ भर्ने आज अन्तिम दिन, मंगलबारसम्म कति पर्यो आवेदन ? ( सूचीसहित)

अर्थ संसार, काठमाडौं–  रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सिमित साधारण शेयर(आइपिओ)मा लगानीकर्ताको भीड लागेको छ ।

सिमित रुपमा कर्मचारी सञ्चयकोषमा कोष कट्टी गदैृ आएका लगानीकताृका लागि मात्रै बिक्री गरिएको ती कम्पनीका शेयरका लागि हालसम्म एक लाख ५७ हजार ७५६ जनाले आवेदन दिएका छन् ।

रसुवामा निर्माण भइरहेका ती आयोजनाले पहिलो पटक सिमित आइपिओ निस्काशन गरेको थियो । यह िफागुन ११ गतेदेखि बिक्री सुरु गरिएको आइपिओको आवेदन दिने म्याद आजसम्मका लागि तोकिएको छ ।

रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो भने साञ्जेन ५७.३ मेगावाट क्षमताको आयोजना हो ।

मंगलबारसम्म परेको आवेदनबाट रु ४ अर्ब ४८ करोड ५१ लाख ८० हजार ६ सय संकलन भएको छ ।

रसुवागढीले सञ्चयकर्ताका लागि रु १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय बराबरको सेयर निष्कासन गरेकामा ७९ हजार ४ सय ७९ आवेदन परेको छ ।

यसैगरी  सान्जेनको सेयर खरिद गर्न ७८ हजार २ सय ७७ सञ्चयकर्ताको आवेदन परेको छ । आवेदनबाट रु १ अर्ब ९५ करोड ६५ लाख  संकलन भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको