Like us!
Follow us!
Connect us!
Watch us!

सम्पत्ति शुद्धीकरणको छानबिनमा दीपक भट्ट, अध्यागमनले राख्यो कालोसूचीमा

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, ११ : ०७ मा प्रकाशित

सम्पत्ति शुद्धीकरणको छानबिनमा दीपक भट्ट, अध्यागमनले राख्यो कालोसूचीमा

व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको जानकारी सार्वजनिक भएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ। सम्पत्ति शुद्धीकरण विभागबाट पत्र प्राप्त भएपछि अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेसँगै भट्टको पासपोर्ट समेत रोक्का गरिएको छ। उनले इन्फिनिटी होल्डिङ्समार्फत विभिन्न कम्पनीहरूमा लगानी गर्दै आएका थिए, जसमा हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि समावेश छ। उक्त कम्पनीमा गरिएको लगानीको स्रोत स्पष्ट नभएको र सोही माध्यमबाट ठूलो रकम वैध बनाउन प्रयास भएको आशंका गरिएको छ। 

नेपालका हुने ठूला ठेक्का र खरिदका काममा बिचौलियाका रूपमा काम गरेको भन्दै भट्टको नाम विवादमा आउने गरेको छ । राजनीतिक व्यक्तिसँग पहुँचमा रहेर सेटिङ मिलाएर स्वार्थअनुरूप काम गराउँदै आएको उनीमाथि आरोप छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको