अर्थ संसार,काठमाडौं– उन्नति माईक्रोफाइनान्सले ४ः१ को अनुपातमा हकप्रत शेयर विक्री गर्ने प्रस्ताव छ ।
कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ ।
नेप्सेका अनुसार प्रस्ताव गरेको हकप्रद पारित गर्न चैत्र २१ गते बार्षिक साधारणसभा बोलाउनुको साथै साधारणसभा प्रयोजनका लागि चैत्र ७ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।
कम्पनीले गत पुसमा १ करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस