Like us!
Follow us!
Connect us!
Watch us!

ओलीलाई थप २ दिन हिरासतमा राख्न अनुमति

अर्थ संसार

विहीबार, १९ चैत्र २०८२, २२ : २६ मा प्रकाशित

ओलीलाई थप २ दिन हिरासतमा राख्न अनुमति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

जेनजी जाँचबुझ आयोगको प्रतिवेदन अनुरुप गत शनिबार ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। पक्राउपछि पहिलोपटकका लागि दिएको पाँच दिनको म्याद आज सकिपछि अदालतबाट दोस्रोपटक म्याद लिइएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको