अर्थ संसार,काठमाडौं– धितोपत्र बजार (आज) बुधबार बढेपनि कारोबारो रकममा भने गिरावाट आएको छ । नेप्सेपरिसूचक १२८१ बाट ४ अंक सुधार गरी १२८५ अंकमा पुगेको छ ।
कारोबार भएको ९ वटा समूहमध्ये ६ वट समूह उकालो लागेको छ । १५६ वटा कम्पनीको ६ लाख २३ हजार ८८५ कित्ता सेयर १८ करोड ४५ ला ९९ हजार १०१ रुपौयामा विक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.९६ अंकले बढेको छ ।
आज बैकिङ ३.७३, विकास बैंक ४.२८, जलविद्युत ९.३, विमा २९.२१, अन्य १.९५ र माइक्रोफाइनान्स ८.५७ अंकले बढेको छ ।
यता होटल २६, फाइनान्स ०.८८ र उत्पादन ६.८२ अंकले घटेको छ । हिजोआज पूँजी बजारमा देखिएको तरलताको असहजता, बैंकर्स र एनआइसी एसिया बैकविच देखिएको ब्याजदरको किचलो
लगायतका बिषयले प्रभावित हुँदै आएको बजारमा लगानीकर्ता पर्ख हेर कै अवस्थामा रहेका छन् ।
बजारमा समान्य सुधार आएपनि सरकाले ल्याउने श्वेतपत्रमा सेयर बजारमा प्रति ल्याउने कार्यक्रमले बजारलाई थप असर गर्ने देखिन्छ
बजार केही सुध्रिए पनि सरकारले आगामी साता ल्याउने भनेको श्वेतपत्रमा बजारका विकास के कस्ता कार्यक्रम आउँलान भन्ने चासो र पखाई समेत लगानीकर्तामा देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस