Like us!
Follow us!
Connect us!
Watch us!

सभामुख पदमा डीपी अर्यालको उम्मेदवारी दर्ता

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, ११ : ४८ मा प्रकाशित

सभामुख पदमा डीपी अर्यालको उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । रास्वपा २ तिहाइ नजिक भएकाले सभामुखमा अर्को उम्मेदवारी पर्ने सम्भावना छैन । अर्याल सम्भवत: निर्विरोध निर्वाचित हुने छन् ।

आज साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचन तालिका छ ।

बिहीबार रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको