रास्वपा सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहनाअनुसार अघि बढ्ने बताएका छन्।
शुक्रबार संघीय संसद् सचिवालयमा सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिने क्रममा उनले बताए कि सरकार र पार्टी दुवै जनताको इच्छाअनुसार निर्णय गर्ने छन्। सांसद सिंहले भ्रष्टाचार र कुशासनलाई कुनै हालतमा स्वीकार नहुने पनि स्पष्ट पारे। उनका अनुसार, जनताले दिएको विश्वास अनुसार सरकारको कामकाज हुनेछ र यसबाट परिवर्तनको अनुभूति जनतामा आउनेछ। उनले सञ्चारकर्मीहरूलाई सरकारको कामको प्रभाव तीन महिनासम्म सूक्ष्म रूपमा नियाल्न आग्रह समेत गरे।
‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ,’ उनले भने, ‘म सम्पूर्ण सञ्चारकर्मीलाईं विनम्रतापूर्वक के आग्रह गर्न चाहन्छु भने–सरकारको काम तपाईंहरूले सूक्ष्म तरिकाले ३ महिना हेरिदिनुस् ।’
सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस