Like us!
Follow us!
Connect us!
Watch us!

'उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन'

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, १४ : ०४ मा प्रकाशित

'उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन'

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख कुन दललाई दिने भन्नेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उपसभामुखको विषयमा अहिलेसम्म कुनै दलसँग वार्ता नभएको जानकारी दिए। उनले संवैधानिक अभ्यास, व्यावहारिक पक्ष र अघिल्ला अनुभवलाई हेरेर मात्र उपसभामुखबारे निर्णय लिने बताए। त्यस्तै, उनले पार्टीका उपसभापति डीपी अर्याल सभामुख भएपछि रास्वपा त्यसमा सहभागी नहुने पनि स्पष्ट पारे।

उनले भने, ‘अहिले सभामुखको सकौँ, त्यसपछि उपसभामुखको छलफलको चरणमा जान्छौँ। छलफल नभएकाले कुन दलले पाउने सम्भावना छ भन्ने सम्भावनाको कुरै भएन। उहाँ अब पार्टीको रहनु हुन्न। पार्टीमा रहँदाको अनुभव, अभ्यास र असहजताबाट उहाँ अगाडि बढ्नुभयो, पक्कै पनि त्यसलाई उहाँले आफ्नो अनुभवलाई व्यवहारमा ल्याउँदा पक्कै पनि केही न केही फरक त गर्नुहुन्छ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको