Like us!
Follow us!
Connect us!
Watch us!

दीपक भट्टका व्यावसायिक साझेदार शंकर अग्रवाल पनि पक्राउ

अर्थ संसार

शनिबार, २१ चैत्र २०८२, ०७ : ५३ मा प्रकाशित

दीपक भट्टका व्यावसायिक साझेदार शंकर अग्रवाल पनि पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी शंकर अग्रवाललाई पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको हो ।

बिहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्युरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायिक साझेदार भएको बताइको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट पक्राउ परेलगत्तै शंकर समूहका प्रमुख रहेका अग्रवाललाई नियन्त्रणमा लिइएको गृहमन्त्री गुरुङको सचिवालयले उल्लेख गरेको हो ।

यस्तै, हालसम्म विभिन्न १० जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको