Like us!
Follow us!
Connect us!
Watch us!

मध्यपूर्वको युद्धको प्रभाव, एक सातामै सुनको मूल्य १३ हजारले बढ्यो

अर्थ संसार

शनिबार, २१ चैत्र २०८२, ०८ : ०२ मा प्रकाशित

मध्यपूर्वको युद्धको प्रभाव, एक सातामै सुनको मूल्य १३ हजारले बढ्यो

यो सता नेपाली बजारमा सुनको मूल्य १३ हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत चैत १३ गते शुक्रबार २ लाख ८१ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य चैत २० गते शुक्रबारसम्म आइपुग्दा १३ हजार बढेको हो । 

चैत २० गते नेपाली बजारमा सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ पुगेको हो । यो साताभर सुनको मूल्य हरेक दिन केही न केही रुपमा बढेको देखिन्छ । महासंघका अनुसार, गत चैत १५ गते आइतबार सुनको मूल्य ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार पुगेको थियो । त्यस्तै, चैत १६ गते सोमबार भने सुनको मूल्यमा गिरवाट आएको देखिन्छ । सो दिन सुनको मूल्य प्रतितोलामा २ हजार ५०० रुपैयाँले सुनको मूल्य घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछिका दुई दिन सुनको मूल्य लगातार बढेर कारोबार भयो । त्यस्तै, चैत १७ गते मंगलबार ६ हजार ७०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चैत १८ गते बुधबार पनि सुनको मूल्य बढेको थियो ।

उक्त दिन ७ हजार ४०० रुपैयाँ बढेको सुनको मूल्य २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको थियो । चैत १९ गते बिहीबार भने सुनको मूल्य घटेको थियो । उक्त दिन ३ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने सुनको मूल्य स्थिर देखिएको छ । सुन व्यवसायीका अनुसार, पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्दै गएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको