Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ करोड ७५ लाख कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?

अर्थ संसार

शनिबार, २१ चैत्र २०८२, ०९ : १० मा प्रकाशित

नेप्सेमा ७ करोड ७५ लाख कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?

नेप्सेमा यो साता ७ करोड ७५ लाख ४७ हजार ४३.९ कित्ता सेयर सूचीकृत भएको छ । आइतबार देखि शुक्रबारसम्ममा नेप्सेमा उक्त सेयर सूचीकृत भएको हो । 

गत आइतबार नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर बापत ५ करोड कित्ता सेयर र गत सोमबार प्रभु महालक्ष्मी लाइफको ४ प्रतिशत बोनस सेयर बापत २० लाख ४१ हजार ४५९.२ कित्ता सेयर, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ लाख ६४ हजार ९०० कित्ता सेयर, एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयर बापत १० लाख २६ हजार ८९.७८ कित्ता सेयर र युनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनस सेयर बापत २० लाख ५१ हजार ९३६.९३२ कित्ता सेयर सूचीकृत भएको छ।

त्यसैगरी गत मंगलबार समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस सेयर बापत ३ लाख १४ हजार ५२५.७८२३ कित्ता सेयर, सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर बापत १७ लाख ७८ हजार १२७.८६ कित्ता सेयर, प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस बापत १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता सेयर, महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस बापत १ लाख ७५ हजार ७१३.६६ कित्ता सेयर, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनस बापत २१ लाख ४८ हजार २२९.०७९० कित्ता र अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत १९ लाख २४ हजार १ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको