Like us!
Follow us!
Connect us!
Watch us!

जलशक्ति हाइड्रो कम्पनी लिमिटेड आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक सानिमा क्यापिटल नियुक्ति

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, १७ : ३० मा प्रकाशित

जलशक्ति हाइड्रो कम्पनी लिमिटेड आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धक सानिमा क्यापिटल नियुक्ति

जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । 

धादिङ्ग जिल्लाको ईल्लेप (तातोपानी) खोलाकोे पानीको बहाव सदुपयोग हुने गरी २३.६७५ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ र उक्त आयोजनामा लगानी गर्न कम्पनीले प्रति सेयर अंकित मुल्य रु.१००÷– दरको १,००,००,००० कित्ता सेयरले हुने रकम रु.१,००,००,००,००० (अक्षरुपी एक अर्ब मात्र) बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकहरु, आयोजनामा कार्यरत कर्मचारीहरु, सामुहिक लगानी कोषहरु तथा सर्वसाधारण समेतमा जारी गर्न लागेको छ । 

संस्थापकको ६० प्रतिशत तथा सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहने यस कम्पनीको जारी पुँजी रु.२ अर्व ५० करोड रहने छ । कम्पनीले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन प्रयोजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धि सो सम्झौता पत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. भोगेन्द्र्र कुमार गुरागाईले एक समारोहका बीच हस्ताक्षर गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको