Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारबारे सचेतना जगाइदै प्रदेश नं ५ र ६ मा कार्यशाला सम्पन्न

बुधबार, ३० फागुन २०७४, १९ : ४० मा प्रकाशित

सेयर बजारबारे सचेतना जगाइदै प्रदेश नं ५ र ६ मा कार्यशाला सम्पन्न

अर्थ संसार, काठमाडौं–  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) ले नेपाल स्टक एक्सचेन्ज लि. र युनाइटेड फाइनान्ससँंगको संयुक्त आयोजनामा प्रदेश नं. ५ र प्रदेश नंं छ मा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरको छ ।

प्रदेश नंं. ५ को  नेपालगन्जमा उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ, नेपालगंजका तर्फबाट तारा रोक्का प्रमुख अतिथि, सिडिएससिका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनन्द . श्रेष्ठ र नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक सुरेन्द्रराज वाग्ले र अधिकृत श्री भेषराज खनाल अतिथिको रुपमा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा सिडिएससिका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले धितोपत्र अभौतिकीकरण, सिडिएस एण्ड क्लियरिङ्गको कार्य तथा सो लि. को पूँजी बजार विकासमा रहेको भूमिका, प्राथमिक सार्वजनिक निष्काशनमा सहजता प्रदान गर्न कार्यान्वयनमा ल्याइएको सि–आस्बा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल स्टक एक्सचेन्ज लि. को तर्फबाट कार्यपत्र प्रस्तुत श्री भेषराज खनालले गरेका थिए ।

उक्त कार्यक्रममा सहभागीको उल्लेखनिय सहभागिता पाइएको थियो । त्यसैगरी, सिडिएससि र युनाइटेड फाइनान्सकोे अगुवाईमा नेपालगंजको क्षेत्रीय प्रहरी तालिम केन्द्रमा चार सय भन्दा बढी पुलिस जवान तथा अधिकृतहरुलाई समेत नेपालको पूँजी बजार, नेप्से र सिडिएससिको पूँजी बजार विकासमा रहेको मुख्य भूमिका र हालै पूँजी बजारले हासिल गरेको प्रविधियुक्त उपलब्धी सम्बन्धी जानकारीमुलक कार्यक्रम आयोजना गरेको छ ।

त्यसैगरी प्रदेश नं. ६ मा सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा इम्पेरियल सेक्यूरिटिज क.प्रा.लि. को समेत सह–आयोजना रहेको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्ष पदम बहादुर शाही प्रमुख अतिथि, सिडिएससिका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता, युनाइटेड फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृत श्री सुनन्द श्रेष्ठ र नेपाल स्टक एक्सचेन्ज लि. का सहायक प्रबन्धक श्री सुरेन्द्रराज वाग्ले र अधिकृत श्री भेषराज खनाल अतिथिको रुपमा सहभागी भएका थिए ।

उक्त कार्यक्रमहरुको मुख्य उद्देश्य नेपालको पूँजी बजारसंग आवद्ध लगानीकर्ताहरु तथा संभावित लगानीकर्ताहरुलाई सिडिएससि, नेप्से लगायत अन्य सम्बन्धित पक्षहरुले प्रदान गर्ने सेवाहरु र सो बाट हुने लाभहरु, पूँजी बजारको आधुनिकीकरणमा उक्त पक्षहरुको अपरिहार्य भूमिका, धितोपत्र अभौतिकीकरणको फाइदा, लगानीकर्ताहरुको हितका लागि सिडिएससिले विकास गरेका नयाँ सफ्टवेयरहरु र यस लि. को संचालन संगै पूँजी बजारमा भएको थप विकास सम्बन्धी प्रकाश पारी सहभागीहरुलाई शिक्षित बनाउनु नै यस कार्यक्रमको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको