Like us!
Follow us!
Connect us!
Watch us!

सिउरी न्यादीमा ६ बैंकले ५ अर्ब लगानी गर्ने

विहीबार, ०१ चैत्र २०७४, ११ : ०७ मा प्रकाशित

सिउरी न्यादीमा ६ बैंकले ५ अर्ब लगानी गर्ने

अर्थ संसार, काठमाडौं– जलजुङ जिल्लामा आयोजना स्थल रहेको ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजना ६ बैंकले संयुक्त लगानी गर्ने भएका छन् ।

आयोजनामा विभिन्न ६ बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा बुधबार हस्ताक्षर भएको हो ।

सम्झौतामा सिउरी न्यादी  पावर कम्पनीका प्रमुख शैलेन्द्र गुरागाई र बैंकका प्रतिनिधिले बुधबार द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आयोजनामा एनएमबी बैंकको नेतृत्वमा प्रभु, मेगा, सेञ्चुरी, एनसिसी र कुमारी बैंक लिमिटेडले सहलगानी गर्ने भएका छन् ।

आयोजनाको कूल लागत  ७ अर्ब रुपैयाँ रहेको छ । आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

बैंकले कूल लगानीको ७५ प्रतिशत र प्रवद्र्धक कम्पनीले २५ प्रतिशत इक्विटी लगानी गर्नेछन् । ङादी समूह मुख्य प्रवद्र्धक रहेको सो आयोजनामा इक्विटी स्वरुप १ अर्ब ७५ करोड लगानी रहनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको