अर्थ संसार, काठमाडौं– साञ्जेन जलविद्युत कम्पनीले सञ्चयकर्ताको लागि निश्कासन गरेको साधारण सेयर (आईपिओ) मा ४ अर्ब १७ करोड २२ लाख ५३ हजार १ सय रुपैयाँको आवेदन परेको छ ।
७१ करोड १७ लाख ५० हजार ७०० रुपैयाँ मूल्यको आइपीओमा देशभरबाट १ लाख ८३ हजार २ सय ३५ आवेदकले ४ अर्ब १७ करोडको हाराहारीमा खरीद प्रस्ताव गरेका हुन् ।
यो कम्पनीले पहिलो चरणमा फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि आइपीओको बिक्री खुलाएको हो ।
संचयकर्ताले न्यूनतम ५० देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको थियो ।
विसं २०६८ मंसिरमा कायम भई गत मंसिर २६ गतेसम्म बहाल कर्मचारीलेसाञ्जेनको सेयर खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
त्यसै गरी रसुवागढीमा पनि २ लाख आवेदकले ६ अर्ब ७५ करोड रुपैयाँ बढीको सेयर भरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले जानकारी दिए । उनले पनि केही संस्थाबाट विवरण आइनसकेका कारण आवेदकको संख्या केही बढ्ने बताए ।
रसुवागढीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओ खुला गरेको थियो । यस कम्पनीले फागुन ११ गतेदेखि ३० गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सञ्चयकर्ताले न्यूनतम ५० देखि बढीमा ५०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस