Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वास छ - राष्ट्रपति पौडेल

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, १६ : ४५ मा प्रकाशित

सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वास छ - राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

‘पटकपटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो,’ राष्ट्रपति पौडेलले भने, ‘जनताको चाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुनी निर्माण गर्नुपर्छ । निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा म विश्वस्त छु ।’

त्यस्तै, न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुँदा मात्रै शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने बताए । ‘साथै न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने परिवर्तनका निम्ति अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने ठहर्छ,’ उनले भने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको