Like us!
Follow us!
Connect us!
Watch us!

एक थान उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन - ज्ञानेन्द्र शाही

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०८२, १६ : ५० मा प्रकाशित

एक थान उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन - ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफूहरूको लागि प्राथमिकताको विषय नभएको बताएका छन् । प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ ।

लामाको उम्मेदवारीमा शाही प्रस्तावक रहेका छन् । प्रस्तावकको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले प्रस्ताव गरेपछि उम्मेदवारी दिएको छ । ‘एक थान उपसभामुख पद हाम्रो प्राथमिकता थिएन र छैन’ उनले भने । तथापि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएपछि उम्मेदवारी दिएको उनले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको