राप्रपाकी सांसद खुस्बु ओलीले उपसभामुखमा भएको सहमति सत्तारुढ दल रास्वपाले लत्त्याएको दाबी गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाले अविश्वास पैदा गरेको बताइन्। उनले आज आफूहरूले पदको नभई आचारमा प्रश्न उठाएको बताइन्। उनले नयाँको सिन्डिकेट लागु गर्न खोजिएको हो ? भन्दै प्रश्न गरिन् ।
‘हामीले हिजो दिएको उम्मेदवारी कुनै पद प्रतिको तृष्णा थिएन। यो यसैपनि प्रतिपक्षको अधिकार नै थियो र राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समझदारी पछि नयाँ ऊर्जा र प्रतिपक्षमै रहेर भएपनि सहकार्यको सम्भावनामा सकारात्मक भएर राप्रपा अगाडि बढेको हो। यो संविधानले प्रतिपक्षलाई निहित गरेको पदको मात्र प्रश्न होइन। यो राजनीतिक आचरण र विश्वसनीयताको पनि परीक्षण थियो। राजनीतिक संस्कारको पनि परीक्षण थियो, जसमा सत्तारुढ दलले आफूलाई असफल साबित गरेको छ,’ उनले भनिन् ।
सहकार्यको आधार विश्वास भएपनि रास्वपाले अविश्वासको वातावरण बनाएको बताइन् । उनले थपिनन्, ‘यहाँ त अविश्वासलाई नै नयाँ राजनीतिक संस्कार र नयाँ पोलिटिकल करेन्सीमा परिणत गरियो, संस्थागत गरियो। त्यसैले मेरो सिधा प्रश्न छ– राजनीतिक प्रतिबद्धता अब परिस्थिति अनुसार बदलिने अप्सन मात्र हो कि त्यसमा कुनै नैतिक राजनीतिक दायित्व पनि बाँकी छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस