Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री बालेन शाहलाई मोदीको निम्तो,के छ तयारी ?

अर्थ संसार

आइतबार, २९ चैत्र २०८२, १० : १८ मा प्रकाशित

प्रधानमन्त्री बालेन शाहलाई मोदीको निम्तो,के छ तयारी ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आफ्नो देश भ्रमणको निम्तो दिएपछि सरकारले आन्तरिक तयारी थालेको छ । यद्यपि नेपाल सरकारले यसको औपचारिक घोषणा गरिसकेको छैन । 

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिइसकेका छन् भने प्रधानमन्त्री बालेनले त्यो स्वीकार गरिसकेका छन् । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्ल्यूआईओएन) सँगको कुराकानीमा मोदीले शुभकामना सन्देश पठाउँदा नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताएका हुन् ।

यद्यपि भ्रमणको मिति तोक्न भने बाँकी रहेको उनको भनाइ छ ।  ‘हाम्रा प्रधानमन्त्री (बालेन शाह) ले बधाई सन्देशमा (भ्रमणको) निमन्त्रणा प्राप्त गर्नुभएको छ । प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ’, उनले डब्ल्यूआईओएनसँग भनेका छन्, ‘तर मिति र समय हाम्रा संयन्त्रले निर्धारण गर्नेछन् ।’ 

परराष्ट्रमन्त्री खनालले मौरिससमै गत शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको उनले उल्लेख गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको