Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घट्यो, कारोबार रकम बढ्यो

विहीबार, ०१ चैत्र २०७४, १५ : २४ मा प्रकाशित

नेप्से घट्यो, कारोबार रकम बढ्यो

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) बिहीबार पुँजी बजार सामान्य अंकले बढेको छ । बुधबार ४.०६ अंकले बढेको नेप्से आज भने २.४ अंकले बढेको छ  ।

बजारमा नेप्से परिसूचक १२८६ विन्दुबाट १ अंक सुधार १२८७ विन्दुमा अड्डिएको छ ।  आज उत्पाद समूह बाहेक हरु सवै समूहमा हरियाली छाएको छ ।

१५१ वटा कम्पनीको ६ लाख २५ हजार ४६७ कित्ता सेयर २३ करोड ३७ लाख ९४ हजार ३१४ रुपैयाँमा विक्री भएको छ । क  वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अंकले बढेको छ ।

सामान्य अंकले बढेको बजारमा बैकिङ ०.१३, होटल ७५.७१, जलविद्युत २.२७, फाइनान्स ०.१६, इन्स्योरेन्स ९.६७, अन्य ४.०१ र माइक्रोफाइनान्स २.४९ अंकले  बढेको छ । यता उत्पादन समूह भने ३५.९ अंकले घटेको छ ।

पुँजीबजारमा देखिएको तरलताको असहजता, बैंक व्याजर लगाएत कारण बजारमा लगानीकर्तामा कारोबार गर्न डराएको देखिन्छ ।  सरकारले आगामी साता ल्याउने भनेको श्वेतपत्रमा पर्खाइमा लगानीकर्ता रहेको देखिन्छ ।सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5aaa4209ee36c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको