इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले आज (बुधबार) रिहा गरेको हो । परराष्ट्रमन्त्री शिशिर खनालले पनि उनी रिहा भएको जानकारी गराए ।
उनी रिहा भएकोबारे परिवारका सदस्यहरूलाई पनि सरकारी अधिकारीहरूले जानकारी गराएका छन् । इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।
अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यहाँ उनी ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’ को जहाजमा क्याप्टेन थिए । उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस