Like us!
Follow us!
Connect us!
Watch us!

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

अर्थ संसार

विहीबार, ०३ बैशाख २०८३, १२ : ३८ मा प्रकाशित

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

उपसभामुख रुबीकुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने घोषणा गरेकी छन् ।

आफूलाई विवाहका धेरै निमन्त्रणापत्र प्राप्त भइरहेको र तीमध्ये कुनै पनि कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख भएको देख्न नपाइएको भन्दै उनले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने जानकारी गराएकी हुन् ।  उनले भनेकी छन्, ‘यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।’

उनले दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छन् ।

'निमन्त्रणापत्रमा ‘दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन पनि उनले अनुरोध गरेकी छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको