अर्थ संसार, काठमाडौं– बजारमा अहिले तीन कम्पनीको सेयर बोलकबोलमा राखिएको छ । सेयर विक्री खुल्ला भएको समयमा विक्री नभएको सेयर अहिले बोलकबोलमा राखिएको हो ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, गण्डकी विकास बैंक र रिलायन्स फाइनान्सको सेयर अहिले बोलकबोलमा धमाधम विक्री भैरहेको छ ।
कुन कम्पनीको कति ?
प्रुडेन्सियल इन्स्योरेन्स
यस इन्स्योरेन्स कम्पनी लिमिटडेको १२,५०६ सर्वसाधारण कित्ता विक्री खुल्ला भैरहेको छ । इच्छुक लगानीकर्ताले फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म आवेदन दिन सक्नुहुनेछ
। यस कम्पनीको बोलकवोल सेयर विक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटलले काम गरिरहेको छ ।
गण्डकी विकास बैंक
गण्डकी विकास बैंकले सस्थापक सेयर र सर्वसाधारण सेयर आजदेखि धमाधम विक्री खुल्ला गरेको छ । बैंकले संस्थापक १,३०,७१६।९० कित्ता र सर्वसाधारण २,२२,१८४।६० कित्ता सेयर बोलकबोलमा राखेको हो ।
लगानीकर्ताले चैत्र १ देखि चैत्र ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिट लिमिटेड रेहेको छ ।
रिलायन्स फाइनान्स
यस फाइनान्सले संस्थापक र सर्वसाधारण सेयर बोलकबोलमा राखेको छ । फाइनान्सले संस्थापक ५,४२,३१४।५२ कित्ता र सर्वसाधारण १,१०,६२६ कित्ता सेयर विक्री खुल्ला गरेको छ ।
लगानीकर्ताले चैत्र १ गतेदेखि चैत्र ८ गतेसम्म आवेदन दिन सक्नुहुनेछ । यसकालागि फाइनान्सले सनराइज क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धमा नियुक्त गरेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस