Like us!
Follow us!
Connect us!
Watch us!

श्रम ऐनको पूर्ण पालना गर्न मन्त्रालयको ध्यानाकर्षण ,ओभरटाइमको सीमा तोकियो

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, १७ : ०२ मा प्रकाशित

श्रम ऐनको पूर्ण पालना गर्न मन्त्रालयको ध्यानाकर्षण ,ओभरटाइमको सीमा तोकियो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कुनै पनि श्रमिकलाई काममा नलगाउन सरोकारवाला सबैलाई कडा निर्देशन दिएको छ। विशेषगरी स्वास्थ्य संस्था र विभिन्न निजी प्रतिष्ठानहरूमा श्रम शोषण भइरहेको गुनासो बढेपछि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण गराएको हो।

‘श्रम ऐन, २०७४ को दफा २ (ढ)मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ’ र सो शब्दले ‘रोजगारदाताले श्रमिकलाई दिएको नियुक्तिपत्रसमेतलाई जनाउँछ’ भन्ने व्यवस्था छ ।

विज्ञप्तिमा कानुनबमोजिम प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने स्पष्ट पारेको छ। कसैलाई पनि बढी समय काम गर्न बाध्य पार्न नहुने र यदि अतिरिक्त समय काम लगाउनु परेमा प्रतिदिन ४ घण्टा र हप्तामा २४ घण्टाभन्दा बढी हुन नहुने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

प्रचलित कानुनको पूर्ण पालना गर्न ध्यानाकर्षण गराउँदै मन्त्रालयले यसको उल्लंघन गरेमा श्रम ऐन, २०७४ बमोजिम कडा कारबाही हुने चेतावनी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको