आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्न निर्देशन दिएको छ । विभागले नयाँ निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो । यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई यो व्यवस्था लागू हुँदै आएको थियो।
विभागले जारी गरेको नयाँ सूचनाअनुसार कारोबारको प्रकृतिअनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बीजक जारी नगर्ने बैंक र वित्तीय संस्था जस्ता निकायहरूबाहेक वार्षिक कारोबार २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस