अर्थ संसार, काठमाडौं– रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सिमित आइपिओमा आवेदन रकम ६ गुणा बढी भएपनि कम सञ्चयकर्ता मात्रै सहभागी भएकाले बढी आवेदन गर्नेले बढी सेयर पाउने सम्भावना रहेको छ ।
दुवै कम्पनीमा धेरै लगानी गर्ने अर्थात् ८० हजार बराबरको आवेदन गर्नेलाई न्यूनतम ७० कित्तादेखि १०० कित्तासम्म शेयर पर्ने सम्भावना रहेको छ ।
कर्मचारी सञ्चय कोषका कार्यवहाक प्रमुख प्रशासनक दीपक रौनियारले पनि ती आयोजनामा सञ्चयकर्ता सबैले सेयर पाउने र बढी आवेदन गर्नेले बढी सेयर पाउने सम्भवना रहेको बताए । उनले भने सबै आवेदकलाई शेयर दिने ढंगले तयारी गरिएको छ ।
सेन्ट्रल आश्वा प्रणाली अर्थात् सि– आश्वा लागू भएका कारण सम्भवतः आइतबार रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण सेयर (आइपिओ) बाँडफाँड गर्ने तयारी गरिएको छ ।
नेपाल धितोपत्र बोर्डसँग छलफल भइरहेको र एकाध दिनमा नै शेयर बाँडफाँड गर्ने तयारीमा आफूहरु रहेको रसुवागढी हाइड्रो पावर लिमिटेडका प्रमुख माधव कोइरालाले जानकारी दिए ।
गत फागुन ११ देखि ३० गतेसम्म आवेदन दिने म्याद राखेर सञ्चयकर्तासँग आवेदन माग गरिएको सेयर वितरणमा लामो समय लगाउनु हुँदैन भन्ने मान्यतामा कम्पनी रहेको छ ।
रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कोइरालाका अनुसार कूल ६ अर्ब ६२ करोड आठ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।
यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु चार ४ अर्ब १७ करोड २२ लाख ५३ रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीका प्रमुख किरण श्रेष्ठका अनुसार एक लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस