Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अर्थ संसार

सोमबार, ०७ बैशाख २०८३, ०८ : ११ मा प्रकाशित

सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक रुपमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ । गत शुक्रबार अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ ।

मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अर्थमन्त्रालयको भनाइ छ।

वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ। त्यसमै १५–१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी छ । ‘संघीय निजामती सेवा ऐन पास भएपछि जतिबेला पनि निर्णय कार्यान्वयन गर्नुपर्ने हुनसक्छ। त्यसको लागि आवश्यक तयारी गरेर बस भनेको हो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।
 

69e58fe0d546e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको