Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले दिए सामूहिक राजीनामा

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १४ : ३४ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले दिए सामूहिक राजीनामा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजालले पनि राजीनामा दिएका छन् । 

उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् । हालै सिफारिस भएको अध्यादेशमा पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको तथा सत्तारुढ दलका केही नेताको पनि त्यस्तै संकेत देखिएपछि बिहीबार कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाइएको बताइएको छ ।

केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने उपकुलपति अर्याल केपी शर्मा ओलीको पालामा नियुक्त भएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको