सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
त्यस्तै, बैठकले परम्परागत कोइलरलाई इलेक्ट्रोनिक कोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापनको क्षमता बढाउन विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र ५ मिलियन अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिए ।
बैठकले भारतसँग जिटुजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । संसद् भवन परिसरमा प्रवेश लगायत विषय समावेश गरिएको सिंहदरबार परिसरको गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस