बागमती प्रदेश सरकारले आज वैशाख २४ गतेका लागि बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको दिनको स्मरणमा सार्वजनिक बिदा सहित यो दिवस मनाउन लागिएको हो।
सार्वजनिक बिदा भएकोले आज बागमती प्रदेश सरकार मातहतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ। यद्यपि संघीय सरकार मातहतका कार्यालय र संघ संस्थाहरूमा भने यो बिदा लागू हुने छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस