Like us!
Follow us!
Connect us!
Watch us!

इरानमाथि अमेरिकाको पुनः आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, ०९ : ५० मा प्रकाशित

इरानमाथि अमेरिकाको पुनः आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

करिब दुई साताको शक्ति सञ्चय गरेपछि इरान र अमेरिका पुनः युद्धमा होमिएका छन् । निर्णायक वार्ताबाट शान्ति हुने अन्तिम चरणमा पुगेकै बेला युद्ध भड्किएको हो । 

डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको बताए पनि इरानले भने कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि अमेरिकाले इरानमाथि पुनः सैनिक आक्रमण गरिसकेकोले तत्काल युद्ध विराम नभई भयानक युद्धतर्फ देश अघि बढ्ने देखिएको छ । अमेरिकाले दुई वटा इरानी इन्धन ट्याङ्करलाई लक्षित गरी आक्रमण गरेपछि इरानले पनि अमेरिकी सेनामाथि मिसाइल, ड्रोन र तीव्र गतिका बोटमार्फत घातक हमला गरेको छ । इरानले अमेरिकी सेनामाथि नै घातक हमला गरेपछि अमेरिकाले पनि इरानको राजधानी तेहरान, सहितका अन्य थुप्रै शहरहरुमा मिसाइल आक्रमण गरेको छ ।

यस पटक इरानको राजधानी तेहरानमा अहिलेसम्मकै उत्कृष्ट प्रतिरक्षा देखिएको छ । अमेरिकी सेनाले गरेको हवाई आक्रमणलाई इरानी प्रतिरक्षा प्रणालीले उत्कृष्ट बचाउ गर्दै आकाशमै ध्वस्त पारेको भिडियो एलजजिराले सार्वजनिक गरेको छ । इरानले अमेरिकी मिसाइल डिस्ट्रोएरसहितका तीन वटा युद्धपोतमाथि एकैसाथ हमला गरेको थियो । उक्त हमलामा के कति क्षति भयो भन्ने एकिन विवरण अमेरिकी सैनिक निकाय सेन्टकमले सार्वजनिक गरेको छैन । मात्रै यति भनेको छ कि, इरानले मिसाइल डिस्ट्रोयरमाथि हमला भएपछि प्रतिरक्षा प्रणाली सक्रिय भएको उल्लेख छ ।

इरानले अहिलेसम्मकै उत्कृष्ट संयोजित आक्रमण गरेपछि अब अमेरिकाले अब युद्ध लड्नु अघि निकै ठूलो तयारी गर्नुपर्ने देखिन आएको छ । मध्यपूर्वकै साउदी अरेबियाले इरानविरुद्धको आक्रमणमा आफ्नो आकाश प्रयोग गर्न नदिने निर्णय गरेकोले अबका दिन अमेरिकालाई थप अप्ठेरो पर्ने देखिन आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको