Like us!
Follow us!
Connect us!
Watch us!

संसद् सचिवालयका ट्रेड युनियन खारेज

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, १४ : २३ मा प्रकाशित

संसद् सचिवालयका ट्रेड युनियन खारेज

संघीय संसद् सचिवालयले ट्रेड युनियन अस्तित्वमा नरहेको जानकारी गराएको छ । सचिवालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत विमल परियारले सूचना जारी गर्दै ट्रेड युनियन अस्तित्वमा नरहेको जानकारी गराएका हुन्।

सूचनामा भनिएको छ, ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ सालको अध्यादेश नं। ७ ले संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ रहेको व्यवस्था संशोधन गरेपश्चात् संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को उक्त दफा बमोजिम अस्तित्वमा रहेका संघीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था उक्त ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको जानकारी गराइन्छ ।’

 

69fda23e3121b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको