Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रीपरिषद्द्धारा राष्ट्रपतिको सम्बोधन स्वीकृत

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, ११ : ५२ मा प्रकाशित

मन्त्रीपरिषद्द्धारा राष्ट्रपतिको सम्बोधन स्वीकृत

मन्त्रीपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको छ । राष्ट्रपतिले सोमबार अपराह्न ४ बजे संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुस्मित पोखरेलले भने , “नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ ।”
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको