Like us!
Follow us!
Connect us!
Watch us!

सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो - हर्क साम्पाङ

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १४ : ४२ मा प्रकाशित

सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो - हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेकोप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले सेनाको दुरुपयोग गरेर सुकुम्वासी बस्तीमा आतंक मच्चाएको आरोप लगाए ।

उनले भने, ‘नेपाली सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन पठायो? सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ ।’ उनले देश आज अभिभावक विहीन बनेको जिकिर गरे। उनले सरकारको औचित्य नभएको भन्दै असफल भइसकेको बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको