Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाकै सांसदको सरकारको आलोचना, प्रधानमन्त्री बालेनमाथि प्रश्नको बर्षा

अर्थ संसार

मंगलबार, २९ बैशाख २०८३, १४ : ५४ मा प्रकाशित

रास्वपाकै सांसदको सरकारको आलोचना, प्रधानमन्त्री बालेनमाथि प्रश्नको बर्षा

रास्वपाका सांसद रमेश प्रसाईले सरकारले जेनजी आन्दोलनमा जनदमनका अभियुक्तहरु केपी ओली र रमेश लेखकमाथि छानविन गरी मुद्दा दर्ता गर्न नसकेको गम्भिर ओरोप लगाएका छन् । आजको संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

त्यस्तै, पर्सा क्षेत्र नं १ बाट बिजयी भएका रास्वपाका सांसद बुद्धि प्रसाद पन्त हरिले सरकारले राणाकालिन समयमा बनेका १४० बर्ष पुराना सयौं घरहरु भत्काएर जनतालाई सुकुम्बासी बनाएको आरोप लगाए । रास्वपाकै सांसद रिमा विश्वकर्माले पनि सरकारको काम कारवाहीमाथि प्रश्न चिन्ह उठाईन् । उनले सिन्धुली जिल्लामा प्रहरी हिराशतमा एक जना दलित युवाका मृत्युको बारेमा सरकारले छानविन गर्न नसकेको भन्दै गृहमन्त्री तथा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यक्षमतामाथि प्रश्न चिन्ह उठाएकी छिन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको