अर्थ संसार, काठमाडौं – नेपाली समाजमा एउटा भनाई प्रख्यात छ गरे के हुँदैन । सधै कानमा तेल हालेर बस्ने नेपाल विद्युत् प्राधिकरण राजविारज केन्द्र पछिल्लो सममा आक्रामक रुपमा विद्युत् चोरी नियन्त्रण गर्न खटिएको छ ।
पछिल्लो दिनमा सो वितरण केन्द्रका कर्मचारी चोरी नियन्त्रण गर्न २४ सै घन्टा खटेका छन् । उनीहरुले दर्जनौ चोर तथा चोरीका उपकरण समेत बरामद गरेका छन् ।
वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाख भन्दा बढी असुली गरेको छ ।
विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए ।
विद्युत् पोलमा हुकिङ गरेको र मिटरमा चोरी गरेकोबाट रु १८ लाख १२ हजार २ सय ८१ जरिवाना असुल गरेको उनले बताए ।
विद्युत् चोरी गर्ने ३५४ जनामाथि कारवाही गरेर प्रत्येक व्यक्तिबाट पाँच हजार रुपैयाँका दरले जरिवाना रकम असुलउपर गरेको प्रमुख साहले जानकारी दिए ।
सो अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न गाउँ, र सहरमा सिधै हुकिङ गरेर प्रयोग गरेका तीन हजारभन्दा बढी व्यक्तिको घरमा हुकिङ हटाइएको प्राधिकरणले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस