Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजार सुधारको मार्गचित्र आगामी साता आउने ,लगानीकर्तालाई हल्लाको पछि नलाग्न आग्रह

अर्थ संसार

विहीबार, २५ असार २०८३, १६ : ५७ मा प्रकाशित

धितोपत्र बजार सुधारको मार्गचित्र आगामी साता आउने ,लगानीकर्तालाई हल्लाको पछि नलाग्न आग्रह

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा देखिएका विद्यमान समस्याहरू समाधान गर्न र लगानीकर्ताहरूको हित संरक्षणका लागि विशेष पहल सुरु गरेको छ।

हाल बजारमा देखिएका उतारचढाव र लगानीकर्ताका गुनासाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले आगामी साताभित्रै समयवद्ध कार्ययोजना सहितको विस्तृत 'पुँजी बजार विकास मार्गचित्र' सार्वजनिक गर्ने र त्यसलाई तत्कालै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन धितोपत्र सम्बन्धी ऐन तथा धितोपत्र दर्ता र निष्काशन नियमावली लगायतका कानुनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन कार्य सुरु भइसकेको छ भने धितोपत्र व्यवसायीहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायतका निर्देशनहरू तोकिएकै समयमा पूरा गर्न निर्देशन दिइएको छ। साथै, बोर्डले आम लगानीकर्ताहरूलाई कुनै पनि किसिमका हल्ला, बहकाउ वा अफवाहको पछि नलाग्न अनुरोध गरेको छ।

लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिँदै बोर्डले बजारको नियमन व्यवस्थालाई अझ व्यवस्थित र पारदर्शी बनाउने कार्यलाई अगाडि बढाइरहेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको