अर्थ संसार
भक्तपुर– भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलामा सोमबारसम्म ७० हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् ।मेला सयोजक राजुमृगेन्द्र जोशीका अनुसार मेलाको चौथौ दिन ८० लाखभन्दा माथिको व्यापार भएको छ । मेलामा शनिवार २ करोड र आइतवार १ करोडभन्दा बढी व्यापार गरेको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद अवालले बताए ।
मंगलबार उद्यौली पर्व र नेवार समुदायको योमरी र्पुिर्णमाको दिन सार्वजनिक विदा भएकाले मेला भर्नेको माहोल झन् बढ्ने अपेक्षा अध्यक्ष अवालको छ । सल्लाधारीको १०८ रोपनी जग्गामा मेलामा घाम ताप्दै अबलोकनकर्ता सौन्दर्य व्यवसायी संघको संयोजनमा भइरहेको फेशन शो र सांगितिक प्रस्तुतीमा रमाइरहेका छन् ।
सोमवार भएको फेशन शोमा चाणक्य कलेज, सिवर्ड इन्टरनेश्नल कलेज, शंकर नेश्नल स्कूल, स्मल किट्स स्कूल, एभरेट पब्लिक स्कूलका विद्यार्थीहरुले विभिन्न गीत संगितमा नृत्य प्रस्तुत गर्दै फेशन शो प्रदर्शन गरेका थिए । त्यस अबसरमा मेला भर्न आएका लोकप्रिय लोक गायक पे्रमराजा महतले पनि दर्शकलाई लोक भाका पस्कँदै नचाएका थिए ।
मेलामा मंगलबार दिन विभिन्न कलेज तथा स्कूलका विद्यार्थीहरुको आकर्षक नृत्य र फेशन सो हुने कार्यक्रम सञ्चालक ऋषि श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मंगलबारको मेलाको शोमा बनेपाको ग्लुमी गाइज, गायिका सरीता प्रजापति र रोट्याक्ट क्लव अफ पाटन दरवार स्वीक्वारको फेशन शो हुने कार्यक्रम रहेको छ ।
‘मेला गरौं, मेला भरौं, मेला–महोत्सवबाट विकास गरौं’ भन्ने मूल नाराका साथ मंसिर २४ गते देखि २९ गतेसम्म भक्तपुरको सल्लाघारी मैदानमा भइरहेको भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला २०१६ को समापन झनै आकर्षक हुने भन्दै मेलाले सामाजिक उत्तरदायित्व बहन गर्दै व्यवसायिक प्रवद्र्धन गर्न सफल रहेको चर्चा आयोजकहरुको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस