अर्थ संसार, काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडा संघीय संसदको शुक्रबारको बैठकलाई सम्बोधन गरेका छन् ।
उनले सम्बोधनका क्रममा पूँजी बजारको संस्थागत र नीतिगत सुधार जरुरी भएको बताए ।
नेपालको पूँजी बजार धितोपत्रमा मात्र निर्भर भएकोले यसको विस्तार गर्न अपरिहार्य भएको उनको ठहर थियो ।
उनले भने, ‘बैंक तथा वित्तिय संस्थामा भएको तरलता अभाव, उच्च ब्याजदर र बजारमा अत्याधिक सेयर आपूर्तिले पूँजी बजार शिथिल भएको छ ।’
संस्थागत लगानि बढाउनका लागि नितिगत सुधारको आवश्यकतामा अर्थमन्त्री खतिवडाले जोड दिए । उनकाे सम्बाेधन अहिलेसम्म जारी रहेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस