Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार मात्रै सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने

शुक्रबार, १६ चैत्र २०७४, १६ : २६ मा प्रकाशित

आइतबार मात्रै सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने

अर्थ संसार, काठमाडौं–साञ्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ । 

शुक्रबार (आज) आइपिओ बाँडफाँटको तयारी नपुगेकोले आइतबार मात्रै बाँडफाँट गर्ने सिद्वार्थ क्यापिटल लिमिटेडले अर्थ संसार डट कमलाई जानकारी दिएको छ । 

यता, नागरिक लगानी कोषका सूचना अधिकारी उद्धव सिलवालले पनि सान्जेनको आइपीओ पनि आइतबार नै बाँडफाँट गरिने जानकारी दिए ।

दुवै कम्पनीले पहिलो पटक कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता कम्पनीका कर्मचारी, रसुवा जिल्ला स्थानीय तहका कर्मचारीलाई सेयर बिक्री गरेका थिए ।

सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म र कर्मचारीहरुका लागि चैत ५ देखि १३ गतेसम्म सेयर बिक्री खुला गरिएको थियो । आवेदक धेरै भएकाले गोलाप्रथा प्रणालीबाट सेयर बाँडफाँट हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको