Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको कारबाहीमा तीन बैंक तथा वित्तीय संस्था, कुनलाई कस्तो कारबाही ?

अर्थ संसार

सोमबार, ११ साउन २०८३, १२ : ५१ मा प्रकाशित

राष्ट्र बैंकको कारबाहीमा तीन बैंक तथा वित्तीय संस्था, कुनलाई कस्तो कारबाही ?

नेपाल राष्ट्र बैंकले तीन वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले नियम मिच्ने दुई विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको हो । 

केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा २ विकास बैंक र फाइनान्स माथि कारबाही गरेको छ । कारबाहीमा पर्नेमा नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्स छन्। केन्द्रीय बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा राखिएको सर्तबमोजिम एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई कोषमा आधारित कर्जा सापट र गैरकोषमा आधारित सुविधाहरुसमेत गरी आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमा कायम गरी प्रदान गर्न सक्ने गरी एकल ग्राहक कर्जा सीमा कायम गरिएकोमा आर्थिक वर्ष २०८१/८२ मा संस्थाले उक्त व्यवस्थाको उल्लंघन गरी कर्जाहरु प्रवाह गरेको देखिएको र उक्त समयमा प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहेकाले यस प्रकारका कैफियत दोहोरिन नदिनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम विष्णु रेग्मीलाई (तत्कालीन प्रमुख कार्यकारी अधिकृत) सचेत गराइएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकले २०८२ असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणको क्रममा संस्थाको भल्टमा रहेको नगदमा भएको अपचलन तथा ग्राहकको खातामा कर्मचारीको अनधिकृत पहुँच भएको देखिएकोले संस्थाको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी देखिएको साथै यस प्रकारका घटनाहरु जानकारीमा आएपछि समेत विस्तृत छानबिन गरी दोषीउपर कारबाही नगरेको तथा सो घटना सम्बन्धमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली÷आन्तरिक जाँचमा भएको कमजोरी यकिन गरी संस्थाको नीति तथा कार्यविधिमा आवश्यक संशोधन गरी पर्याप्त सुधार गर्न नसकेकोले तहाँलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको छ ।
रिलायन्स फाइनान्सले २०८२ फागुन १० गते देखि २०८३ वैशाख ५ गतेसम्मको अवधिका लागि अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम २ हजार ९२४.४८ रुपैयाँ जरिबाना लगाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको