Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्त आवद्ध भयो नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, १६ : ३६ मा प्रकाशित

नेशनल लघुवित्त आवद्ध भयो नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा

नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि आबद्ध भएको छ। यसपछि उक्त संस्थाका करिब ६ सय कर्मचारी सामाजिक सुरक्षा सुविधाबाट लाभान्वित हुनेछन्।

यस सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका छन्।कोषको उपदान तथा पेन्सन योजना दीर्घकालीन सामाजिक सुरक्षा कार्यक्रम हो, जसअन्तर्गत संगठित संस्थाहरू र तिनका कर्मचारीहरूले योगदान आधारित वा गैर-योगदान आधारित प्रणालीमार्फत आवद्ध हुन सक्छन्।

नेशनल लघुवित्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्था हो, जसले देशभर १८५ शाखा मार्फत ७४ जिल्लामा वित्तीय सेवा पुर्‍याउँदै आएको छ। हाल यसबाट करिब २ लाख ४१ हजार घरपरिवार लाभान्वित छन्।उपदान तथा पेन्सन योजनाले कर्मचारीलाई सेवा निवृत्तिपछि निश्चित आम्दानीको व्यवस्था गराउने र संस्थालाई दीर्घकालीन मानव स्रोत व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको