प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संस्थापक समूहका २ लाख १ हजार ८६७ कित्ता सेयर बिक्रीमा राखिएको छ। हाललाई यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
कम्पनीका अनुसार इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सेयर खरिदका लागि आवश्यक निवेदन काठमाडौं, तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। यदि तोकिएको अवधिमा कुनै निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई पनि सेयर खरिदका लागि अवसर खुला गरिने कम्पनीले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस